नेकपा सचिवालय बैठक आज बालुवाटारमा बस्दै

Machchapuchchre

अर्थ राजनिती ~ नेकपाको सचिवालय बैठक आज साढे १२ बजे  बालुवाटारमा बस्ने भएको छ । त्यसअघि आइतबार तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो । सो बैठकमा मन्त्रिपरिषद सदस्यहरु हेरफेर गर्नेलगायतका विषयमा छलफल भएको थियो । हिजो बैठक बस्ने तय भएको भए पनि तयारि नपुगेको भन्दै  बैठक स्थगित भएको थियो ।आज बस्ने  बैठकमा भने मन्त्रिपरिषद पुनर्गठनका विषयमा नभएर बाँकी  एजेन्डामा छलफल गर्ने जानकारी दिएका छन ।संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजना बैठकको एजेण्डा छ । यसैगरी कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्