आज बिहानै सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर गएको भूकम्प ६.० म्याग्निच्यूटको

Machchapuchchre

सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू भएर गएको ६.० रेक्टर स्केलको भूकम्पले त्यस क्षेत्रमा जोडसँग हल्लाए पनि विहान ६ बजेसम्म कुने क्षतिको विवरण नआएको बताइएको छ ।
केन्द्रविन्दु राम्चे नजिकै बाह्रबीसेमा केही दिन पहिलाको पहिरोमा परेकाहरुको उद्धारमा रहनु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकास सापकोटाले आफू केन्द्रविन्दू भनिएको राम्चे क्षेत्र नजिकै रहेको र त्याहाँको प्रहरी र स्थानीय जनप्रतिनिधिसँग बुझ्दा कुने क्षतिको विवरण नआएको बताउनुभयो ।
भूकम्पले जोडले हल्लाए पछि स्थानीयहरु घर बाहिर आएका र स्थानीयमा त्रास भएको बताउनुभयो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्