पछिल्लो २४ घण्टामा ११७३ जना डिस्चार्ज

Machchapuchchre

पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा ३६५ महिला र ६७४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।
उनीहरुमध्ये ३४५ जनाको मृत्यु भएको छ भने ३८ हजार ६९७ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् ।

देशभरमा १५ हजार ११७ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्