पछिल्लो चौबीस घण्टामा एक हजार ८१८ जना सङ्क्रमित सङ्क्रमणमुक्त

Machchapuchchre

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ८१८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । उक्त संख्यासँगै सङ्क्रमणमुक्त हुने ३५ हजार ७०० सय पुगेको छ । सङ्क्रमित निको हुने दर ७१ प्रतिशत पुगेको छ । नेपालमा कोभिड–१९ का एक हजार २४६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा ११ हजार १४४ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा एक हजार २४६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित पचास हजार ४६५ पुगेको जनाएको छ । पहिलो सङ्क्रमित फेला परेको करिब सात महिनापछि कुल सङ्क्रमित पचास हजार नाघेको हो ।

मन्त्रालयले प्रेस ब्रिफिङमा हाल १४ हजार ४४८ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ । आठ हजार ११० जना संस्थागत् आइसोलेशनमा छन् । छ हजार ४३८ जना होम आइसोलेशनमा छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्