अब कुन दिन के खुल्छ के खुल्दैन ?

Machchapuchchre

उपत्यकामा तीनहप्ते लामो निषेधाज्ञालाई खुकुलो पारेसँगै तीनवटै जिल्ला प्रशासनका कार्यालयले पसलहरुलाई आलोपालो सञ्चालन गर्ने दिने निर्णय सार्वजनिक गरेको छ ।
अध्यावश्यक वस्तु वा सेवा मध्ये औषधी विक्री वितरण गर्ने र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि सञ्चालन गर्न सकिनेछ ।
नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गरी अत्यावश्यक वस्तु वा सेवा मध्ये खाद्यान्न वस्तु, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु विक्री वितरण गर्ने पसलहरु विहान ११ बजेसम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खोल्न सकिनेछ । काठमाडौँ उपत्यका भित्र विकास निर्माणसँग सम्बन्धित सामग्री विक्री वितरण गर्ने पसल तथा व्यवसायका साथै सोको ढुवानीका लागि प्रयोग हुने सवारी साधन दिउँसो २ बजे देखि बेलुका ७ बजे सम्म खोल्न पाइने भएको छ ।
टेक अवे सेवाको साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन स्वास्थ्यको मापदण्ड पालना गरी गराई दिउँसो १२ बजे देखि बेलुका ७ बजे सम्म सञ्चालन गर्न सकिनेछ । सहकारी संस्थाहरु विहान ११ बजे देखि दिउँसो ३ बजे सम्म सञ्चालन गर्न पाइनेछ ।
सपिङ्ग मल, फेन्सी स्टोर, कपडा, जुत्ता पसल, कस्मेटिक पसल लगायत पसलहरु स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ । भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार, र शुक्रबार मात्र खोल्न सकिनेछ ।
फर्निचर र अटोमोबाइल सम्बन्धी पसल सातामा सोमबार र बुधबार खोल्न पाइनेछ ।
फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, ईलेक्ट्रिनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु विहान ११ बजे सम्म र बेलुकी ४ बजे देखि ७ बजे सम्म खोल्न पाइनेछ ।
सवारी साधन मर्मत सम्बन्धी वर्कसप विहान ८ बजे देखि बेलुकी ८ बजेम्म सञ्चालन गर्न सकिनेछ ।
उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरुको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमै क्याम्पमा राख्ने व्यवस्था सामग्री सम्बन्धित उद्योग, कलकारखाना आफैँले प्रबन्ध गर्नुपर्ने छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकल अनुसार अनलाइन कक्षा सञ्चालन गर्नसकिने कुरामा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्