पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७ सहित ११११ जना कोरोना संक्रमित थपिए, मृतको संख्या १८३ पुग्यो

Machchapuchchre

नेपालमा एक हजार १११ काेराेना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको आरटी पीसीआर परीक्षणबाट आएको नतिजाबमोजिम  एक हजार १११ जनामा सङ्क्रमण पुष्टि भएको हाे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३५ हजार ५२९ पुगेको जनाएको छ ।

थप ३३४ महिला र ७७७ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १५ हजार २७३ रहेका छन् । होम आइसोलेसनमा छहजार २१० र संस्थागत आइसोलेसनमा नौ हजार ६३ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशतमा झरेको छ । कुल डिस्चार्ज भएकाहरू २० हजार ७३ पुगेको छ ।

त्यस्तै, नेपालमा २४ घण्टामा सङ्क्रमित पाँच महिलासहित आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने १८३ पुगेको छ । नेपालमा कुल सङ्क्रमितको अनुपातमा मृत्यु हुने प्रतिशत शून्य दशमलब ५२ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्