पर्सामा आजदेखि अनिश्चितकालीन कर्फ्यु (बिज्ञप्ति सहित)

Machchapuchchre

अर्थ राजनीति ~  पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट पछिल्लोपटक आइतबार राति १ बजे आएको रिपोर्टअनुसार ६१ पुरुष र १२ महिलामा कोरोना भाइरस रहेको पुष्टि भएको हो।

थपिएका संक्रमितमा नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पर्साका १ पत्रकार पनि छन्।

आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा
यसरी ठूलो संख्यामा दैनिक संक्रमित थपिन थालेपछि पर्सा जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

साउन १० गतेदेखि वीरगन्ज महानगर क्षेत्रभित्र मात्रै लागू निषेधाज्ञा आज साेमबार बिहानै ५ बजेदेखि जिल्लाभर विस्तार गरिएको हो।

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन स्थानीयलाई जिल्ला प्रशासनले आग्रह गरेकाे छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्