उपत्यकामा फेरी लकडाउन हुने, स्वास्थ्य मन्त्रीको घुमाउरो संकेत !

Machchapuchchre

अर्थ राजनीति ~  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुक्त ढकालले काठमाडौं उपत्यकामा कुनैपनि बेला कोरोना संक्रमणको भयावह स्थिति आउन सक्ने भएकाले सचेत रहन आग्रह गर्नुभएको छ ।

उहांले अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गयो भने उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने बताउनुभएको हो ।

मन्त्री ढकालले बाहिरि जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जाने लगायतका विषयलाई अगाडि बढाइनेउल्लेख गर्नुभयो ।

स्वास्थ्य मन्त्री ढकालले सरकारले लागू गरेका नियम र मापदण्ड पालना नगर्दा फेरी संक्रमणको स्थिति बढ्ने अवस्थामा देखिएको बताउनुभयो । लकडाउन खोलेपछि मानिसहरुले सुरक्षा सावधानीहरुलाई उलङ्घन गरेकाले स्थिति खराब बन्दै गएको उहांको भनाई थियो । मन्त्री ढकालले सरकारसंग दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमतामा रहेको दाबी पनि गर्नुभएको छ ।

उहांले ६ लाखको पीसीआर परीक्षण गर्ने तयारी गरिरहेको समेत जानकारी दिनुभयो । परीक्षण नगरेको कारणले रिपोर्टहरु कम भएको भन्ने सत्य नभएको भन्दै उहांले सरकारले बनाएको मापदण्ड अनुसार नै परीक्षण भएको दावी गर्नुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्