पर्सामा थप ४५ जनामा कोरोना, मेयर सरावगीको परिवारमा पनि संक्रमण

Machchapuchchre

अर्थ राजनीति ~  वीरगन्ज वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको ५२ वर्षीया श्रीमती र २६ वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टी भएको छ ।

वीरगन्जका मेयर बिजय सरावगीलाई संक्रमण पुष्टी भएपछि उहाँको परिवारका सदस्यहरुको पीसीआर टेष्ट गर्दा श्रीमती र छोरीमा संक्रमण पुष्टी भएको हो ।

यो संगै पर्सामा आज मात्रै १४ महिला ३१ पुरुष सहित ४५ जना संक्रमित थपिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जनाकारी गराउनुभयो ।

नारायणी अस्पताल वीरगंजको पीसीआर ल्याबले शनिवार मध्यरातमा सर्वजनिक गरेको रिपोर्ट अनुसार ५ वर्षकी बालिकादेखि ६२ वर्ष उमेर समूहका वृद्ध कोरोना संक्रमित भएका छन् ।

संक्रमितमध्ये वीरगंज ड्राइपोर्ट ५ जना पुरुष, वीरगंज ४ विर्ताका कन्ट्याक्ट् ट्रेसिङमा परेका १४ जना, वीरगंज ११ राधेमाइका १८ जना, वीरगंज १३ चिनी मिलका ४ जना, वीरगंज ३ छपकैया वडा न ४ भगवती टोल, वडा नं २२ मनियारी, ठोरी ३ निर्मलवस्ती, सखुवा प्रसौनीका १ , १ गरी कूल ४५ जना संक्रमित थपिएको नारायणी अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्