कोभिड–१९ का १३३ नयाँ सङ्क्रमित थपिए, कुल १८ हजार ३७४

Machchapuchchre

अर्थ राजनीति ~  नेपालमा कोभिड–१९ का १३३ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ९८७ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा नेपालमा पछिल्लो चौबीस घण्टामा थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमितको सङ्ख्या १८ हजार ३७४ पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल पाँच हजार ३८३ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा १९ हजार ४४४ जना रहेका छन् । पछिल्लो चौबीस घण्टामा १०७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोनामुक्त भएकाको सङ्ख्या १२ हजार ९४७ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । यससँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्