नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृत्तकको संख्या ४१ पुग्यो

Machchapuchchre

अर्थ राजनीति ~   नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । कोरोना भाइरस संक्रमण देखिएका एक बृद्धको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय व्यक्तिको निधन भएको हो । गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेशनमा भर्ना भएका उनको मंगलबार राति निधन भएको प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा संजीवकुमार शर्माले जानकारी दिए ।

प्रतिष्ठान भर्ना भएका मृतकको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा. शर्माले जानकारी दिएका छन् । मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ ।

मृतकको शव दाहसंस्कारका लागि महोत्तरी पठाउन व्यबस्थापन भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिएका छन् । यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय रामकृष्ण दासको निधन भएको थियो ।

प्रतिष्ठानमा हाल ११ जना कोरोना संक्रमितको उपचार भइरहेको प्रतिष्ठानका प्रबक्ता डा. निधेष सापकोटाले जानकारी दिएका छन् । उनले प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका २६७ जनालो कोरोना जितेर डिस्चार्ज भईसकेको जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्