नारायणगढ – मुग्लिन सडक एकतर्फी खुल्यो

Machchapuchchre

अर्थ राजनीति ~  साेमबार बिहानदेखि कालिखाेलामा पहिराे जाँदा बन्द भएकाे नारायणगढ–मुग्लिन सडक मंगलबार दिउँसाे पाैने पाँच बजेपछि एकतर्फी खुलेकाे छ । दिनभर पहिराे हटाउने काम सकिएपछि हलुका गाडीका लागि एकतर्फी बाटाे खुलेकाे चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकरी दिए ।

पहिराे पन्छाउने काम भने अझै बाँकी नै छ । लगभग एक तिहाइ पहिराे मात्र सफा भएका कारण दाेहराे गाडी चल्न अझै समय लाग्ने डिभिजन सडक कार्यालय भरतपुरले जनाएकाे छ ।

नारायणगढ–मुग्लिन सडक खुले पनि मुग्लिन पार भएपछि पृथ्वीराजमार्गकाे विभिन्न ठाउँमा अवराेध छ । पृथ्वीराजमार्गकाे चितवनतर्फ कुरिनटार र फिस्लिङमा पहिराेले बाटाे राेकिएकाे छ । चितवन धादिङ सिमाना माैवाखाेलामा पुल नै भत्केकाले नारायणगढ हुँदै काठमाडाैं गाडी चल्न भने सक्ने अवस्था तत्कललाई छैन । नारायणगढ–मुग्लिन सडककाे १७ किलाे भन्ने ठाउँमा सडक भाँसिने क्रम बढेकाले धेरै भार भएका मलवाहक गाडी चल्न समस्या नै हुने देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्