ग्रहण केहो ? के गर्ने के नगर्ने ? कुन राशिलाइ राम्रो ? यसबाट बच्ने उपाय के ?

Machchapuchchre

अर्थ राजनीति ~ ग्रहण विशेषतः धेरै साधारण व्यक्तिको लागि बुझ्नको लागि कठिन बिषय मानेको छु | ग्रहण खासगरी खग्रास तथा खण्डग्रास गरि २ प्रकारको हुन्छ |
सुर्य ग्रहण जब चन्द्रमा सुर्यको अगाडीबाट जादै हुनेछ र पृथ्वीलाइ उत्त समयमा छेक्नेछ भने यसलाई हामि सुर्य ग्रहण भन्छौं र जब आंशिक रुपमा छेक्नेछ यसलाई हामी खण्डग्रास भन्छौं तर यदि पूर्ण रुपमा छेक्नेछ चन्द्रमाले सूर्यको किरणलाई भने पृथ्वीमा प्रकाशको कमि हुनेछ र यसलाई हामि खग्रास (पूर्ण) सुर्य ग्रहण भन्ने गर्छौं |

खासगरी यो बर्ष २०७७ तथा २०२० इस्वी सम्बत ज्योतिषीय आधारमा अत्यन्त महत्वका साथ् हेरिएको छ | यो बर्ष २ उपचय चन्द्र ग्रहणको पश्चात विश्वले फेरी अर्को खगोलीय घटनाको साक्षी बन्दैछ | यो सुर्यग्रहण नै २०७७ तथा २०२० को पहिलो सुर्य ग्रहण पनि हो |

बिक्रम सम्बत २०७७ साल आषाढ कृष्ण औंशी तिथिका दिन अर्थात् आसार ७ गते आइतवार तदनुसार २०२० २१ जुनका दिन यो बर्ष कै पहिलो ‘खण्डग्रास सूर्यग्रहण’ लाग्दै छ । यो खण्डग्रास सूर्यग्रहण विश्नका विभिन्न देशमा असर पार्नेछ जसलाई खगोलीय दृष्टिकोणबाट अत्यन्त महत्वले हेरिएको छ | पुर्बी एसियामा नेपाल, भारत, थाईलैंड, चीन लगायत एशियाका सबै देशहरु , दक्षिण तथा पूर्वी युरोपका देशहरु ओमान, बहराइन ,साउदी अरेबिया, UAE, इथियोपिया, अफ्रीकाको केही स्थानबाट सुर्यग्रहण देखिनेछ ।

उत्तरी अमेरिका, दक्षिण अमेरिका महाद्वीप, ऑस्ट्रेलिया महाद्वीपको अधिकांश ठाउँ, बेलायत, फ्रांस, इटाली, जर्मनी, स्पेन र अन्य यूरोपीय महाद्वीपबाट भने यो सूर्य ग्रहण देखिने छैन ।

सूर्य ग्रहणको समय:

बिहानको ९ बजेर ३० मिनेट पूर्वाह्न आंशिक ग्रहण शुरू

१० बजेर ५३ मिनेट पूर्वाह्न पूर्ण ग्रहण शुरू

मध्यान्हको १२ बजेर ४२ मिनेट अधिकतम ग्रहण

अपरान्ह २ बजेर २६ बजे पूर्ण ग्रहण समाप्त

३ बजेर १९ मिनेट आंशिक ग्रहण समाप्त

जुन २१ को दिन हुन गहिरहेको सुर्यग्रहणलाइ खग्रास सुर्यग्रहण भनिन्छ जुन ग्रहणमा चन्द्रमाले पूर्ण रुपमा सुर्यको प्रकाश भने छेक्न सक्नेछैन त्यसैले हामीले हेर्दा यो आगोको रिंग जस्तो( जसलाई हामि कोरोना पनि भन्ने गर्छौं ) देखिनेछ । अतः सम्पूर्ण ग्रहण अवधि मध्य ३ घण्टा ३३ मिनेटको रहनेछ तथा सम्पूर्ण प्रक्रिया ६ घण्टा आसपासको रहनेछ । यो खण्डग्रास सूर्यग्रहण पश्चिम तर्फबाट स्पर्श भई पूर्वमा मोक्ष हुदै जानेछ ।

सूतक समयः

शास्त्र अनुसार सूर्यग्रहणमा प्रत्यक ३ घन्टाको अवधिको एक प्रहर हुन्छ र ४ प्रहर हुने गर्दछ अर्थात् १२ घण्टा र चन्द्रग्रहणमा भने ३ प्रहर अर्थात् ९ घण्टापूर्व सूतकको प्रभाब प्रारम्भ हुन्छ । २०७७ सालको असार ६ गते राती १० बजेर ५२ मिनेट देखि देखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरूलाई भोजन तथा कुनै पनि महत्वपूर्ण क्रिया निषेध गरिएको छ । ग्रहणको समयमा भोजन निषेध मात्र नभई हरेक महत्वपूर्ण तथा जीवनमा प्रभाब पार्ने कार्य पूर्णरुपले निषेध गरिएको छ । यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु गर्भको बच्चाको लागि अत्यन्त जोखिमयुक्त मानिएको छ यदि निस्कन परेमा भने कुश तुलसीपत्र, चन्दन तथा गौ मुत्र साथमा राखेर मात्र घर बाहिर निस्कनु अनिबार्य रहेको छ ।

के गर्ने तथा के नगर्ने ?

ग्रहणको समयमा ग्रहण स्पर्श भए संगै स्नान गर्नु सबै भन्दा महत्वपूर्ण हुनेछ | तपाइको जन्मकुण्डलीमा भएको ग्रहको अवस्था अनुसार यदि दान तथा सेवा गरियमा यो दिन सम्पूर्ण पुर्व जन्ममा गर्नुभएको कार्मिक गल्तिको नकारात्मक प्रभाब हटाउन सकिन्छ । यसका साथै ग्रहणकालमा कुनै सिद्ध मन्त्रहरू छ भने जप गर्नु राम्रो मानिन्छ , यदि तपाइलाई यसको बारेमा जानकारी छैन भने कुनै पनि भगवानको मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ । यदि आफ्नो जन्ममुन्कलिमा जुन महादशा, अन्तर्दशा चलिरहेको छ त्यसको जप गर्नाले ग्रह पीडा कम भई नवग्रहको सकारात्मक परिणाम पाउनुहुनेछ ।

आफ्नो इस्ट देब तथा सूर्यनारायण वा शिव वा देबी उपासना गर्नाले अत्यन्त लाभकारी हुनेछ । यसका अतिरिक्त वाक्सिद्धि, मन्त्र सिद्धि ग्रह साधना तथा आदिको लागि पनि पूण्यकाल अर्थात् ग्रहणको समय उपयुक्त मानिन्छ । ग्रहणको पूण्यकालमा ब्रह्माचर्याको पालना, मन्त्र हवन, वेद, पुराण, उपनिषद्, गीता इत्यादि धार्मिक ग्रन्थको अध्ययन अत्यन्त उपयुक्त ग्रह उपाय गर्नुहुन अनुरोध गर्दछु ।

ग्रहणको समयमा हाम्रो घरमा सूर्यको विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसका साथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ । यसका साथै घरको मुख्य द्वारमा या खानेकुराको छेउमा देशी गाईको गोबर वा मयुर पंख मुनि फर्काएर राख्नाले ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक उर्जालाई रोक्न सहयोग गर्दछ, अतः गाईको गोबर , मयुर पंख, गंगा जल तथा पन्चामृत राख्नु उपयुक्त मानिन्छ ।
यदि तपाई गर्भवती हुनु हुन्छ र बिशेष गरि ३ महिना भन्दा कमको गर्भ छ भने सन्तान गोपाल मन्त्र, बिष्णु सहस्त्रनाम तथा नारायण कवचको श्रवन तथा ध्यान घर भित्रै बसी गर्नु पर्छ |

ग्रहणको समयमा अदृस्य दुस्ट शक्ति हुनेछ बलवान

ग्रहणको समय अदृस्य शक्ति ज्यादा शक्तिशाली हुने गर्दछ | त्यसैले यदि तपाई कुनै पनि समशान घाट वा तान्त्रिक प्रयोग हुने स्थान नजिक जानुहुनेछ भने तपाइको लागि अत्यन्त खतरा हुनेछ . यो शक्ति कोहि पनि व्यक्ति बिशेष गरि चन्द्रमा तथा आत्मकारक ग्रह पिडित तथा कमजोर भएको हरुको लागि अझ चाँडो घेर्ने छ | त्यसैले ग्रहणको दौरान घरमा नै पूजा तथा मन्त्र साधना र ध्यान गर्नु होला |

कसको लागि बिशेष सावधानी ?

यसपटकको खण्डग्रास सूर्यग्रहण मिथुन राशि र बिशेष गरि मृगशिरा तथा आर्द्रा नक्षत्र र वृश्चिक नवाम्शमा परेको हुनाले ग्रहणको सिद्धान्तको आधारमा यदि तपाइको जन्मपत्रिकमा सुर्य तथा राहुको युती, सुर्य +केतु ,शनि+ राहु को युती छ भने र यो विशेषगरी मिथुन राशिमा तथा बृशिक राशि मा रहेको छ भने, वा यदि तपाईको बिशेष गरि कृष्ण पक्षको चतुर्दशी तथा अमावस्या ( औसी ) तिथिमा जन्म भएको छ भने जातकको जन्म कुण्डलीमा सूर्यग्रहण आउनु भन्दा १ महिना अगाडी देखि आउने ६ महिनासम्मको लागि र अझै बिशेष मृगशिरा र आर्द्रा नक्षत्रमा जन्म लिगेका व्यक्तिको लागि कुनै पनि शुभ महत्वपूर्ण कार्य वर्जित छ । यसका साथै मृगशिरा र आर्द्रा नक्षत्रमा ग्रहणको योग परेको हुनाले विशेष गरी मृगशिरा र आर्द्रा नक्षत्रमा जन्म भएका, मिथुन राशि,मिथुन लग्न, वृश्चिक राशी तथा वृश्चिक लग्न भएका जातक अत्यन्त सजक तथा संयमित हुनुपर्ने देखिन्छ । आउने ६ महिना सम्मको लागि अत्यन्त सजग हुनुपर्नेछ जसको प्रभाब अत्यन्त शक्तिशाली र अप्रत्याशित हुनेछ |

एकै पटक हुदै छ ६ ग्रह बक्री

मेष, सिंह, कन्या, मकर राशिको लागि शुभ
वृषभ, तुला, धनु, कुंभ राशिको लागि मध्यम
मिथुन, कर्क, वृश्चिक, मीन राशिको लागि अत्यन्त अशुभ प्रभाव आउने ६ महिना सम्मको लागि रहनेछ
. यो ग्रहण अवधिमा एक साथ् ६ ग्रह बुध, बृहस्पति, शुक्र, शनि, राहु, केतु वक्री रहनेछ जसको प्रभाब सम्पूर्ण विश्वको लागि कष्ट दायक रहनेछन् |

आउने ६ महिनाको लागि घटनाक्रम ?

-कायम भाइरस मात्र नभई नयाँ रोगको कारण धेरैको ज्यान जानु
-प्राकृतिक बिपत्ति ( भूकम्प, आधिबेरी तथा सुनामी, बाढीपहिरो ) र बिशेष गरि २३ दिन भित्रमा ठुला विपत्तिको सामना गर्ने सम्भावना
– आर्थिक युद्ध, जैविक युद्ध तथा अन्तरास्ट्रिय सिमा तनाब चरम
-अन्तरिक्ष यानको दुर्घटना तथा आकाशीय यानको दुर्घटना
-आत्महत्या तथा अपराधका घटनामा बृद्दी
-सामुहिक हत्या, विश्वभर हिश्रक आन्दोलनका घटना

अन्तिम उपाय ?
अध्यात्मिक जीवन, सकारात्मक सोचाइ, क्ष्यमा याचना, मौन ,समर्पणको भाब

स्रोत: Sanam Kr. Pathak (ICAS (Delhi), Saptarishi Astrology (Mumbai), Bharatiya Jyotish Bidhya Bhawan(Delhi)

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्