बुधबार १ जना मृतक र २०१ जना संक्रमित थपिए, कुल मृतक ९ र संक्रमित २३०० पुग्यो

Machchapuchchre

अर्थ राजनीति ~ पीसीआर विधिबाट गरिएको पछिल्लाे परीक्षणमा थप २०१  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार तीन सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । पुरुष २१३० र एकसय ७० जना महिला सङ्क्रमित रहेका छन् ।

थप हुनेमा धनकुटा १, सप्तरी १, ताप्लेजुङ ३, झापा १, पाँचथर १, सुनसरी ७, पर्सा ७, दैलख १, सल्यान ३, मोरङ ५, झापाका १, तेह्थुम १, सुनसरी १, कैलाली ३, डोटी २, कपिलबस्तुका ६७, पाल्पा २, रुपन्देही २६, महोत्तरी ९, दैलेख ६, कालिकोट ७, दाङ ५, प्युठान २, धनुषा १, कविलबस्तुका २, काठमाडौँ मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहट ११, रुपन्देही १, सर्लाही १५, सिन्धुपाल्चालेक १ रहेका छन् ।

कुल २७८ जना डिस्चार्ज

क्वारेन्टाइनमा एक लाख ५५ हजार ८६८ रहेका छन् । डिस्चार्ज हुनेमा आज १२ जनासहित कुल २७८ जना पुगेको छ । पुरूष २२२ जना र ५६ जना महिला निकाे भएका छन् ।

सङ्क्रमित हुने जिल्ला ६४

सङ्क्रमित हुने जिल्ला ६४ पुगेकाे छ । ताप्लेजुङ् र तेह्रथुम जिल्लामा सङ्क्रमित थपिएकाे छ ।

पछिल्लो २४ घण्टामा मुलुकभर पिसिआर विधिबाट चार हजार ९२४ र आरडिटी विधिबाट चार हजार ३४ परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्