आज एकै दिन २८८ जना थपिए; अहिले सम्ममा निको भएर डिस्चार्ज भएका जम्मा २६६

Machchapuchchre

अर्थ राजनीति ~ पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये २७० जना पुरूष र १८ जना महिला रहेका छन् ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार ९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

रौतहट ३८, स्याङ्जा ५, पर्वत ५, सप्तरी १, बर्दिया ३, बाँके १७, सुर्खेत २७, दैलेख ९ जनामा संक्रमण देखिएको छ । यस्तै, सल्यान १८, अछाम १०, बारा १, दाङ १७, प्युठान १, कन्चनपुर ८, कैलाली १०, धनुषा ६, महोत्तरी २ जनामा संक्रमण भेटिएकाे छ ।

भक्तपुर १, धादिङ १, कपिलवस्तु १६, काठमाडौं ४, नवलपरासी पूर्व १, नवलपरासी पश्चिम १, नुवाकोट २, रुपन्देही १० सहित अहिलेसम्म ७७ वटा जिल्लामध्ये ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण भएको छ ।

 डिस्चार्ज ४५ जना, कुल २६६ डिस्चार्ज 

उहाँका अनुसार ४५ जना डिस्चार्ज भएका छन् । मकवानपुर १, गुल्मी १, स्पन्देही १६, कपिलबस्तु ९, सुनसरी १, झापा १७ जना निकाे भएर डिस्चार्ज भएका हुन्  ।

योसँगै कुल २६६ डिस्चार्ज भएका छन् ।

क्वारेन्टाइनमा एक लाख ४५ हजार ३७५ रहेका छन् । आइसोलेसनमा एक हजार ८२५ रहेका छन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्