नीति तथा कार्यक्रम बहुमतले पारित

Machchapuchchre

अर्थ राजनीति ~ आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको तथा राष्ट्रिय बैठकमा सत्तारुढ दलको समर्थनमा नीति कार्यक्रम पारित भएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी लगायतले नीति कार्यक्रमको विपक्षमा मतदान गरे ।
नीति कार्यक्रम पारितअघि प्राप्त पाँचवटा संशोधन प्रस्ताव बहुमतबाट अस्वीकृत भएका थिए । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल संशोधन फिर्ता नभएपछि बहुमतले अस्वीकृत भएको थियो । यस्तै, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले पनि प्रस्ताव फिर्ता नलिएपछि बुहमतबाट अस्वीकृत भएको थियो । कांग्रेसका तर्फबाट रिजालले संशोधन दर्ता गर्नुभएको थियो ।
यस्तै, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले नीति तथा संशोधनमा राख्नुभएको संशोधन प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको छ । यस्तै, राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णको संशोधन प्रस्ताव पनि अस्वीकृत भएको थियो ।
समाजवादी पार्टीकी सांसद सरिता गिरीको प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको थियो । संशोधनकर्ता गिरी बैठक अनुपस्थित हुनुहुन्थ्यो । गिरी अनुपस्थित भए पनि प्रक्रियामा लगिएको हो ।
यस्तै, बैठकले केही नेपाल ऐनका साविकका व्यवस्था जगाउने अध्यादेश सर्वसम्मत स्वीकृत गरेको छ । यसअघि सरकारले जारी गरेका दुई अध्यादेश खारेज भए पनि साविकको व्यवस्था जगाइएको थिएन । उक्त व्यवस्था जगाउन सरकारले नयाँ अध्यादेश वैशाख १२ गतेको मितिमा जारी गरेको थियो । अध्यादेश स्वीकृत भएसँगै राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषदको काम कर्तव्य र अधिकारसम्बन्धी ऐनका रिक्त व्यवस्था पुनस्र्थापित

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्