कोरोनाका कारण विश्वभर १ लाख ९७ हजार बढीको मृत्यु, सबै भन्दा धेरै अमेरिकामा

Machchapuchchre

अर्थ राजनीति – कोरोना भाइरसका कारण विश्वभर १ लाख ९७ हजार २ सय ४६ जनाको मृत्यु भएको छ । विश्वभर २८ लाख ३० हजार भन्दा बढीमा संक्रमण भएको छ । विश्वभर सात लाख ९८ हजार ७ सय ७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोनाका कारण सबैभन्दा बढी आक्रान्त बनेको अमेरिकामा ९ लाख २३ हजार बढी संक्रमित हुँदा ५२ हजार ९२ जना भन्दा बढीको मृत्यु भइसकेको छ ।

स्पेनमा २ लाख १९ हजार ७ सय ६४ जना संक्रमित हुँदा २२ हजार ५ सय २४ जनाको मृत्यु भएको छ ।

त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ९२ हजार ९ सय ९४ पुग्दा मृतकका संख्या २५ हजार ९ सय ६९ पुगेको छ ।

फ्रान्समा १ लाख ५९ हजार ८ सय २८ जना संक्रमित छन् भने २२ हजार २ सय ४५ जनाकोे मृत्यु भएको छ ।

उता जर्मनीमा १ लाख ५४ हजार ९ सय ९९ जना संक्रमित भएका छन् । मृतकको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।

बेलायतमा १ लाख ४३ हजार ४ सय ६४ जना संक्रमित हुदा १९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।

भारतमा २४ हजार ४ सय ४७ जना संक्रमित हुंदा ७ सय ८० जनाको मृत्यु भएको छ ।

त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ११ हजार ९ सय ४० पुग्दा २ सय ५३ जनाको मृत्यु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्