अर्थ राजनीति — हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका चारजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार उनीहरुको नेगेटिभ पाइएको प्रयोगशालाले जनाएको छ। शुक्रबार बिहान स्वाबको पीसीआर रिपोर्ट नेगेटिभ आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।