वुहानमा कोरोनाका कारण मृत्यु हुने १२९० थपिएको चीनको दावी

Machchapuchchre

अर्थ राजनीति – यसअघि फेला नपरेका र गणनामा छुटेका भन्दै १२ सय ९० जना मृतकको संख्यामा थपिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्ना गर्न नसक्दा उनीहरुको गणना छुटेको बताइएको छ । योसँगै चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६३२ पुगेको छ । वुहानमा मात्र कोभिड–१९ बाट मृत्यु हुनेको संख्या तीन हजार ८६९ भएको जनाइएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले महामारीको समयमा पर्याप्त भर्ना तथा उपचारको क्षमताको अभावले मेडिकल संस्थाले समयमा नै रोग नियन्त्रण तथा रोकथाम प्रणालीलाई जानकारी दिन नसकेको उल्लेख गरेको छ । त्यतिबेला अस्पताल र मेडिकलहरुमा बिरामीको चाप अधिक हुँदा वास्तविक संख्या छुटेको जनाइएको छ ।
चीनले वास्तविक मृतकको संख्या घटाएको आरोप लाग्दै गरेका बेला वुहानको तथ्यांक सच्चाइनुले आशंका गर्नेहरुलाई बल मिलेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्