डडेल्धुरा अस्पतालबाट भागेका २ जनाको कोरोना रिपोर्ट नेगेटिभ

Machchapuchchre

काठमाडाैं । अस्पतालबाट भागेका दुई जनाको कोरोना भाइरस परीक्षणको रिपोर्ट आएको छ। काठमाडौंमा गरिएको परीक्षणमा दुवैको कोरोनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले पुष्टी गरे।

कोरोना भाइरसको आशंकामा दुवैजनालाई डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। शनिबार दिउँसो उनीहरु अस्पतालबाट भागेका थिए। अस्पतालबाट भागेका उनीहरु भागेश्वर गाउँपालिका– ३ नानीगाडका व्यक्ति हुन्।

दुवै जनालाई ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो। अस्पतालले २६ गते नै दुवै जनाको स्वाव (नमूना) संकलन गरी परीक्षणका लागि पठाएको थियो । तर रिपोर्ट भने आइसकेको छैन । भागेश्वर गाउँपालिका–३ नानीगडा घर भएका उनीहरु आमा–छोरा भएका जनाइएको छ । छोरा केही दिन अगाडि मात्रै भारतबाट आएका थिए ।

अस्पतालबाट भागेका दुवै जनाको खोजीमा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका नायव उपरीक्षक दधिराम न्यौपानेले दुवै जनाको खोजीका लागि टोली परिचालन गरिएको जानकारी दिए । यस्तै, गाउँपालिकाले पनि उनीहरुको खोजी गरिरहेको छ । गाउँपालिका अध्यक्ष कौशिला भट्टले उनीहरु घरमा आएको हुन सक्ने भनेर बिहानैदेखि घर तथा वरपरको गाउँमा खोजी गरिएको जानकारी दिइन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्