कोरोना नियन्त्रण र रोकथामका लागि सरकारको निर्देशन पालना गर्न नेपालको अपिल

RBB

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका लागि सरकारको निर्देशन पालना गर्न अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासमेत रहेका नेपालले कोरोनाको प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपाउन सबैमा आज अपिल गरे।

“ कोभिड–१९ को प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपनाउन सबैमा अपिल गर्दछु”, नेपालले भनेका छन्, “सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन केही दिन घरभित्र बस्न र नियन्त्रणका लागि सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको निर्णय एवं निर्देशनलाई पालना गर्न आह्वान गर्दछु ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्