नेपाल ‘ग्रिनजोन’मा पर्ने एकमात्र मुलुक

Machchapuchchre

अर्थ राजनीति । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका एक सय ५२ मुलुकमा देखिसकेको छ । कोरोना भाइरसको संक्रमणबाट त्रसित भएकाले ती मुलुकलाई ‘रेडजोन’को कोटिमा राखिएको छ । विश्वमा रहेका ६१ प्रशासनिक क्षेत्रमध्ये कोरोना भाइरसको संक्रमण देखिएका २६ प्रशासनिक क्षेत्र पनि ‘रेडजोन’मा परेका छन् । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ४२ मुलुक मुक्त छन् । यसैगरी ३७ वटा प्रशासनिक क्षेत्र कोरोनामुक्त भएकाले ‘ह्वाइटजोन’मा छन् । दक्षिण–पूर्वी एसियामा नेपाल र भुटानमा यतिवेला एकजनामा पनि कोरोना भाइरस छैन । विश्व स्वास्थ्य संगठनले नेपाल र भुटानमा आयातीत संक्रमित मात्रै भेटिएको, स्थानीय संक्रमित नरहेको जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबारे ताजा जानकारी सार्वजनिक गरिरहेको वर्ल्डको मिटरले सबै संक्रमित ‘रिकभर’ भइसकेको भन्दै नेपाललाई ‘ग्रिनजोन’मा राखेको छ । वर्ल्डको मिटरका अनुसार संक्रमण फैलिएका देशमध्ये नेपाल मात्रै ‘ग्रिनजोन’मा परेको मुलुक रहेको छ । नेपाल र भुटानबाहेक एसियाका आठ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्