असिना, हावाहुरीसहित चट्याङ पर्नसक्ने मौसम विभागको चेतावनी, यस्तो छ तीन दिनको अपडेट

Machchapuchchre

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको हुँदा केही दिन मेघ-गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

आगामी तीन दिनको मौसमको पूर्वानुमान बारे जानकारी दिँदै विभागले पश्चिमी तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेकोले हुँदा आवश्यक सतर्कता अपनाउ अनुरोध छ। आगामी तीन दिनको मौसम पूर्वानुमान:

फागुन २९ गते (बिहिबार) दिउँसो देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा दिउसो/साँझपख मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

राति भने देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पहाडि भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ। त्यस्तै फागुन ३० गते शुक्रबार दिउँसो देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भागका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ। मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

यस्तै राति देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भाग लगाएत मध्य का धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ। पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ। भने चैत्र ०१ गते शनिबार दिउँसो देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र पूर्वी भू-भागका केहि स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ।

राति भने देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले सतर्कर्ता आपनाउन सबैमा अनुरोध गरेको छ । पहाडी र हिमाली जिल्लाहरुमा हिमपात हुनसक्ने बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्