पूर्वडीआइजी खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ सुरू हुदै

Machchapuchchre

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ शुरु हुने भएको छ । भ्रष्टाचार, अनियमितता लगायत विकृति, विसंगति र कुसंस्कारविरुद्धको अभियानका रुपमा खरेलको नेतृत्वमा अभियान शुरु हुन लागेको हो ।

विहीबार खरेलको संयोजकत्वमा अभियानको सुरुवात गर्ने जानकारी दिएका छन् । खरेलले फेसबुकमा स्टाटस लेख्दै त्रिपुरेश्वरमा विहीबार कार्यक्रमको आयोजना हुने र सहभागी हुन शुभेच्छुक तथा समर्थकलाई आमन्त्रण गरेका छन्। प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएपछि खरेलले राजीनामा दिएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्