अध्यक्ष ओली-प्रचण्डलाई एमसीसीबारे बोल्ने अधिकार नै छैन – भीम रावल

Machchapuchchre

काठमाडौँ । नेकपा स्थायी समिति सदस्य भीम रावलले एमसीसीबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बोल्ने अधिकार पार्टी केन्द्रीय समितिले नदिएको बताएका छन् । उनले पार्टी केन्द्रीय समितिको बैठकले एमसीसी अध्ययन गर्ने जिम्मा कार्यदललाई दिएको र यसबारे पार्टीका कुनै व्यक्तिलाई बोल्ने अधिकार नभएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा र संसद बाहिर पनि एमसीसी पारित हुन्छ भन्दै दिएको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा नेता रावलले केन्द्रीय समितिले कार्यदललाई एमसीसी अध्ययनको जिम्मा दिएकाले यसबारे कसैलाई पनि बोल्ने अधिकार नभएको टिप्पणी गरे।उनले भने,’म पनि सार्वजनिक रुपमा एमसीसीबारे बोल्थें नि त्यही भएर नबोलेको हो।’नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि एमसीसी अगाडि बढ्ने बताउँदै आएका छन्।

एमसीसीबारे नेकपाले गठन गरेको कार्यदलको म्याद थपपछि आइतबार बैठक बसेको छ। बैठकपछि सञ्चारकर्मीहरुलाई नेता रवालले एमसीसीबारे कार्यदलले इन्डो प्यासिफिक रणनीतिको विषयसँग रहेर अध्ययन गरिरहेकाले प्रतिवेदन तयार गर्न केही ढिला भएको बताए। उनले एमसीसीसँग सम्बन्धित एक दर्जन सम्झौताहरु भएको र तिनको पनि अध्ययन भइरहेको बताए।दोस्रो पटक थपिएको म्यादभित्रै प्रतिवदेन बुझाउने आइतबार बसेको कार्यदलको बैठकले निर्णयगरेको उनले जानकारी दिए।

प्रधानमन्त्री ओलीले शनिबार एमसीसी परियोजनाले नेपाली अर्थतन्त्रको तस्बिर बदलिदिने दाबी गरेका थिए । ‘आगामी ५ वर्षभित्र यो एमसीसी योजना पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिकव्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्बिर बदलिने निश्चित छ। एमसीसी कम्प्याक्ट अन्तर्गत गोरखपुरसम्म प्रशारण लाइन दीर्घकालीन योजना तयार भएको छ। यो लगानी एमसीसीले राष्ट्रिय गौरवको योजनाको महत्व र हैसियत प्राप्त गरेको छ,’ उनले भनेका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्