बैंकहरुको दोस्रो त्रैमासको अध्यावधिक वर्गिकरणको विवरण, १२ वटा बैंक ए वर्गमा

Machchapuchchre

अर्थ राजनीति । नेपाल स्टक एक्सचेञ्ज धितोपत्र सूचीकरण नियमावलीको विनियम ११(६) बमोजिम सुचिकृत बैंकहरुको दोस्रो त्रैमासको अध्यावधिक वर्गिकरणको विवरण सार्वजनिक गरेको छ । जसअनुसार, ए वर्गमा १२ बैंक परेका छन् जस मध्ये  सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक,  कुमारी बैंक, बैंक अफ काठमाण्डू, लक्ष्मी बैंक, माछापूच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, सानिमा बैंक र स्टान्डर्ड चार्टर्ड बैंक ए वर्गमा पर्न सफल भएका छन् । समुह ’बि’मा चाहि कुनै बैंक परेका छैनन । जी वर्गमा ३२ वटा कम्पनी परेका छन् । नबिल, एभरेष्ट बैंक लगायतका बैंकहरु बन्द भैसकेका बुटवल स्पिनिङको वर्गमा बर्गिकरण भएको जानकारी गराएको छ ।

खराब बैंकको सुचिमा करिब २०० बढी संस्थाहरु नेप्सेको  सुचिकृतमा परेका छन् । सुचिकृत अधिकांश बैंकहरुले उपलब्ध गराएको कागजातमा क्रेडिट रेटिङ नभएको पाईएपछि उनीहरुलाई खराब बैंकमा वर्गिकरण गरिएको नेप्सेले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्