शिवमाया तुम्बाहाङ्फे नेकपा केन्द्रीय सदस्य मनोनित, आजको बैठकमा सहभागी हुने

Machchapuchchre

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्लेयक्ष केपी ओली र प्रचण्डले सांसद शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

तत्कालीन उपसभामुख रहेकी तुम्बाहाङफेले गत गत माघ ६ गते राजीनामा दिएकी थिइन् । तुम्बाहाङफे केन्द्रीय सदस्यमा मनोनित भएसँगै उनलाई आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने बाटो खुलेको छ । उनी तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् । उपसभामुख बनेपछि पार्टीको सदस्यता त्यागेकी थिइन् ।

नेकपा केन्द्रीय समिति बैठक बुधबार बिहान ११ बजे सुरु हुँदैछ । यही केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । केन्द्रीय सदस्य बनेपछि आजको बैठकमा सहभागी हुन तुम्बाहाङ्फेलाई बाटो खुलेको छ । उपसभामुख बनेपछि दलीय आबद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधानअनुरूप उनले पार्टीको सदस्यता त्यागेकी थिइन् ।

गत असोजमा सभामुख रिक्त भएपछि त्यसकाे पूर्तिका लागि उनले नेकपाकै आग्रह अनुसार पदबाट राजीनामा गरेकी थिइन् । पार्टी आग्रहअनुसार राजीनामा गरेकी तुम्बाहाङ्फेले पुनः सक्रिय राजनीतिमा आउने इच्छा व्यक्त गरेपछि नेकपाले उनलाई केन्द्रीय सदस्य बनाएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्