ट्रम्पले सार्वजनिक गरे मध्यपूर्व शान्तिको नयाँ योजना, प्यालेस्टाइन र इजरायलद्वारा विरोध

Machchapuchchre

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेका छन् । लामो समयदेखि अपेक्षा गरिएका उनको शान्ति योजना सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले जेरुसलेमलाई इजरायलको अविभाजित राजधानी कायम राख्ने वाचा पनि गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको उपस्थितिमा अमेरिकी राष्ट्रपति ट्रम्पले मध्यपूर्व शान्ति योजना सार्वजनिक गरे । आफ्नो शान्ति योजनालाई ट्रम्पले प्यालेस्टाइनीहरुका लागि अन्तिम मौका भएको पनि जिकिर गरे ।

शान्ति योजना सार्वजनिक गर्दै ट्रम्पले भने, ‘आजको सम्झौता प्यालेस्टाइनीहरुका लागि उनीहरुको स्वतन्त्र राज्य स्थापना गर्ने सपनालाई सार्थक पार्नका लागि ऐतिहासिक अवसर हो । ७० वर्षदेखि कुनै प्रगति नभएको सन्भर्दमा यो उनीहरुका लागि अन्तिम मौका हुन सक्छ ।’

इजरायल र प्यालेस्टाइन दुवैका लागि विन विन समाधानको रुपमा योजना प्रस्तुत गरेको भन्दै राष्ट्रपति ट्रम्पले सम्झौताले लामो समयदेखि चलिरहेको इजरायल र प्यालेस्टाइनको द्वन्द्व अन्त्य हुनेमा आशावादी रहेको प्रतिक्रिया दिएका छन् ।

यसअघि नै सार्वजनिक भएको अमेरिकाको प्रस्तावको इजरायलमा कडा विरोध भएको छ । प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले पनि अमेरिकी योजनामा षडयन्त्र रहेको आरोप लगाए ।

उनले नेतान्याहूले अमेरिकालाई इजरायली नागरिकको अधिकार बेच्ने अधिकार नभएको प्रतिक्रिया दिएका छन् । यसैबीच अमेरिकाको प्रस्तावविरुद्ध प्यालेस्टाइनहरुले विरोध प्रदर्शन गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्