कोरोना भाइरसको सन्त्रासका कारण आजबाट १५ दिन रसुवागढी नाका बन्द

Machchapuchchre

रसुवा । रसुवागढी नाका आजबाट १५ दिनका लागि बन्द गरिने भएको छ। मंगलबार रसुवागढीमा नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीबीच बसेको बैठकले आजबाट नाका बन्द गर्ने निर्णय गरेको हो।

दुई देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँपरेको तथा ढुंगाहरू खस्ने भएकाले दुर्घटना हुन सक्ने र ल्होसार पर्वको कारण देखाउँदै नाका बन्द गर्न लागेको जनाएको छ ।

नेपालमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि संक्रमण फैलिन नदिन सरकारले सक्रियता देखाएको छ । काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत क्षेत्रमा हेल्थ डेस्क नै स्थापना गरेर निगरानी र सतर्कता अपनाइएको छ ।

त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा आगन्तुकको परीक्षणका लागि चौविसैघण्टा स्वास्थ्यकर्मीको टोली खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए । नोभेल कोरोना भाइरसको मुख्य लक्षण भनेको ज्वरो आउनु, सास फेर्न अफ्ठेरो हुनु र छातीमा संक्रमण हुनु हो ।

रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्नसक्ने चिकित्सकको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्