नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

Machchapuchchre Bank

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा धनन्जय रेग्मीलाई नियुक्त गरेको छ । मंगलबार बसेको बोर्ड बैठकले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

पर्यटन बोर्ड संचालक समिति सदस्य तथा छनोट उपसमितिका एक सदस्यले बोर्डमा रेग्मीलाई नियुक्ति गरिएको जानकारी दिए। सीईओ छनोट उपसमितिले धनञ्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मत सिंहको नाम सिफारिस गरेको थियो ।

गत डिसेम्बर २४ तारिखमा प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको कार्यकाल सकिए लगत्तै बोर्डमा नयाँ नेतृत्वको प्रक्रिया शुरु भएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्