नेकपा केन्द्रीय कमिटी बैठक भोलिबाट, प्रधानमन्त्री ओलीको उद्घाटन मन्तव्य दिने

Machchapuchchre

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक भोलि बुधबारबाट सुरु हुँदैछ । राष्ट्रियसभा गृहमा विहान ११ बजेबाट सुरु हुने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य दिने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

बैठकमा ओलीले सरकारका पछिल्ला निर्णयहरुबारे पार्टीभित्र र बाहिर उठेका विषयमा सम्बोधन गर्ने संकेत देखिएको एक नेता बताए । केन्द्रीय कमिटीको अघिल्लो दिन बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उठेका विषयहरुमा बोल्नुपर्‍यो भनेका थिए ।

सचिवालयले केन्द्रीय कमिटी बैठकको एजेण्डा पनि तय गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुबै अध्यक्षको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने र महासचिव विष्णु पौडेलले सांगठनिक तथा विधान संशोधन प्रस्ताव पेश गर्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्