प्रदेश–३ : राजधानी हेटौडा, नाम बागमती राख्ने नेकपा संसदीय दलको औपचारिक निर्णय

Machchapuchchre

हेटौडा । अन्तत नेकपा प्रदेश ३ संसदीय दलले प्रदेश ३ को राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । नेकपा प्रदेश ३ को शुक्रबार बसेको संसदीय दलको बैठकले राजधानी र नामबारे पार्टी केन्द्रले दिएको निर्देशनअनुसार नै निर्णय गरेको हो ।

नेकपा सचिवालयको निर्देशनअनुसार प्रदेशसभामा स्थायी राजधानी हेटौंडा र नाम वाग्मती दर्ता गराउने भएको हो । सबै सांसद्हरुको धारणापश्चात् प्रदेशको स्थायी राजधानी र नामकरणको विषयमा सहमतिगरेको र अब प्रदेशसभामा एउटामात्र प्रस्ताव दर्ता  तथा सबैले त्यसैमा मतदान  गर्ने नेकपाले जनाएको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले फ्लोर क्रस गर्ने र अर्को प्रस्ताव दर्ता हुने सम्भावना नरहेको बताए । ‘हाम्रो पार्टीको आधिकारिक निर्णयअनुसार सबै अगाडि बढ्नुहुनेछ । पार्टीभित्र बहस र छलफल भएपछि एउटा निचोडमा पुग्नै पर्छ । हामी पनि निचोडमा पुगेका छौँ । अब एउटामात्र प्रस्ताव दर्ता हुन्छ । त्यसैमा मतदान पनि हुन्छ,’ मुख्यमन्त्री पौडेलले भने । उनले नेकपाभित्र ह्विपलाउनुपर्ने अवस्था सिर्जना नहुने दाबी गरे ।

नामकरणभन्दा पनि स्थानको विषयलाई लिएर नेकपाभित्र विवाद सिर्जना भएको थियो । बहुमत सदस्य काभ्रेको पक्षमा रहँदा पटक/पटक बैठक स्थगित भइरहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्