स्वास्थ्य सेवा अवरोध नगर्न स्वास्थ्य मन्त्रालयको अपिल

Machchapuchchre Bank

Artharajniti  ~  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भइरहेका कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा यस्ता घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायहरूले आवश्यक प्रक्रिया अघि बढाइरहेको उल्लेख गरेको छ। मन्त्रालयका अनुसार स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक तथा अत्यावश्यक सेवा भएकाले नागरिकको उपचार सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नहुने जनाएको छ। साथै स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा प्रदान गर्न पाउनु उनीहरूको अधिकार मात्र नभई सबै नागरिकको साझा दायित्व पनि भएको मन्त्रालयको भनाइ छ। विज्ञप्तिमार्फत मन्त्रालयले स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सा पेशाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै उपचार सेवामा कुनै अवरोध नआउने वातावरण सुनिश्चित गर्न र सबै अस्पतालमा निर्वाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गरेको छ। यस्तै, स्वास्थ्य सेवा सञ्चालनमा आवश्यक सहयोग, सहजीकरण तथा समन्वय गरिदिन सम्बन्धित सबै निकायलाई मन्त्रालयले अपिल गरेको छ।मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा “स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा प्रवाहमा सबैले सहयोग गरौं” भन्ने सन्देशसमेत दिइएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्