संसद भवनको काम नसकिएपछि रिसाए सभामुख जरिवाना तिराउने चेतावनी

Machchapuchchre Bank

Artharaniti  ~  सभामुख डोलप्रसाद अर्यालले  निर्माणाधीन नयाँ सदन भवनको काम सम्पन्न नभएकोमा आक्रोश व्यक्त गरेका छन्। अर्यालले सोमबार निर्माणाधीन भवन तथा बैठक कक्षको अवलोकन गरेका थिए। त्यसक्रममा उनले समयमा निर्माण सम्पन्न नगरिए प्रतिदिन एक करोड जरिवाना गर्ने चेतावनी निर्माण व्यावसायीलाई दिएका छन्। संसद भवनका रूपमा प्रयोग भइरहेको नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोललनमा आगजनी भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभा अस्थायी हलमा सञ्चालन हुँदै आएको छ। ‘तपाईंहरूले कहिले हस्तान्तरण गर्ने टुङ्गो गरौँ। नभए प्रतिदिन एक करोड जरिवाना तिर्ने भनेर निर्णय गरौँ’, अर्यालले भने, ‘यस्तो पनि हुन्छ। सहरी विकास मन्त्री र सचिवलाई बोलाउँ। यस्तो मजाक गरेजस्तो भयो।’ उनले समय सार्दै लगेको तर काम नगरेकोमा आक्रोश व्यक्त गरे।’ एउटा एउटा बहाना बनाइराख्नु भएको छ,’ अर्यालले भने, ‘तपाईंहरूले हामीलाई नटेरेको होला। टेर्नेसँग कुरा गर्छौं।’ उनले अहिले संसदमा काम चलाउ ढंगले काम भएको उल्लेख गरे। ‘नभए हामी दशरथ रंगशालामा चलाउँला,’ अर्यालले भने, ‘यस्तो पनि हुन्छ। यो त राष्ट्रको अपमान भयो।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्