संघीय संसदका दुवै सदनको बैठक आज बोलाइएको छ। प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको सवा १ बजेलाई बोलाइएको छ। प्रतिपक्षी दलहरुको अवरोधका कारण दुवै सदनको बैठक प्रभावित हुदै आएको छ। करिब एक साता स्थगित गरेर हिजो बोलाइएको प्रतिनिधिसभा बैठक पनि विपक्षी दलको अवरोधका कारण चल्न सकेन। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदको गतिरोध अन्त्य गर्न बोलाइएको सर्वदलीय बैठकले पनि सकरात्मक निश्कर्ष निकाल्न नसक्दा आजको बैठक पनि प्रभावित हुने देखिन्छ। विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी संसदमा दिएको अभिव्यक्ति, अर्थमन्त्रीले करका दर हेरफेर गरेको प्रकरण लगायतमा विरोध गदै आएका छन्। आज दुवै सदनमा आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि छलफल प्रारम्भ गर्ने कार्यसुची छ।
संसदका दुवै सदनको बैठक आज बस्दै



