इरान विमान दुर्घटना अपडेट : सबै यात्रुको मृत्यु

Machchapuchchre

एजेन्सी । इरानको तेहरान विमानस्थलमा युक्रेनी विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको छ । युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको थियो ।

युक्रेनी राष्ट्रपति वोलोडिमिर जेलेस्कीले सबै यात्रू र चालकदलका सदस्यको मृतु भएको जनाएका हुन् । विमानमा १६७ यात्रु र नौ चालक दलका सदस्य गरि १७६ जना विमानमा रहेका सवार थिए ।

फारस राज्य समाचार एजेन्सीका अनुसार यूक्रेन इन्टररनेशनल एयरलाइन्सको विमान तेहरानमा इरानको इमाम खुमैनी विमानस्थलबाट उडान भर्नासाथ दुर्घटनामा परेको थियो । विमान प्राविधिक समस्याका कारण दुर्घटनामा परेको जनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्