” ग्लोवल आइएमई बैंक देशकै अब्बल बैंक बनाउन सकिने ” : अध्यक्ष ढकाल

Machchapuchchre

Artharajniti  ~  ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोवल आइएमई बैंक देशकै अब्बल बैंक बनाउन सकिने बताएका छन्। बैंकले १८औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको वार्षिकोत्सवको अवसरमा बिहीबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। कर्मचारीहरुले आफ्नोपनसहित काम गरेको खण्डमा धेरै फाइदा लिन सकिने अध्यक्ष ढकालको भनाइ छ। नेपालमा रहेका कुनै पनि बैंकको डिपोजिट बराबरको रकम ग्लोवल आइएमई बैंकको सेभिङ डिपोजिट रहनु गौरवको विषय भएको बताए। अध्यक्ष ढकालले ग्लोवल आइएमई बैंक र बैंक अन्तर्गतका रेमिट्यान्स कम्पनीमार्फत करिव ५० प्रतिशत रेमिट्यान्स भित्र्याउनु पनि बैंकका लागि खुशीको कुरा भएको बताए। नेपालमा गरेपछि सबै सम्भव हुनेकुरा आफ्नो जीवनीबाट लिन सकिने बताए।

अध्यक्ष ढकालले भने, ‘कुनै बैंकको टोटल डिपोजिट बराबरको हाम्रो सेभिङ डिपोजिट छ भनेर उनले भने। जुन चिज हाम्रो लागि धेरै गौरवको कुरा हो। हामी र हामी अन्तर्गतका रेमिट्यान्स कम्पनी र बैंकको हिसावले करिव करिव ५० प्रतिशत जति रेमिट्यान्स हाम्रो च्यानलमार्फत भित्र्याएका छौँ। सम्पूर्ण बोर्ड, म्यानेजमेण्ट र सम्पूर्ण कर्मचारी साथीहरुलाई म के भन्न चाहन्छु भने यो एउटा सानो इण्डिभिजियल कमर्सियल बैंकको सबैभन्दा सानो पोस्टमा काम शुरु गरेको व्यक्तिले १८/२० वर्षको बीचमा नेपालको सबैभन्दा ठूलो बैंक, सबैभन्दा ठूलो नेटवर्क, सबैभन्दा ठूलो ब्यालेन्ससाइड भएको सानो इनिसिएशन लिएर इमान्दार हिसावले काम गर्न लाग्यो भने, अघि बढ्यो भने त्यो सम्भव हुने रहेछ भन्नेकुरा आज प्रमाणित भएको छ।’ १८ औं वार्षिकोत्सवको अवसरमा बैंकले बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना ल्याएको छ। छुट पौष २४ गते बुधवारसम्म रहनेछ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्