” हामीसँग जादुयी नम्बर छ, सरकारमा पूरै अवधि बसिन्छ ” : प्रधानमन्त्री दाहाल

Machchapuchchre Bank

Artharajniti   ~ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन्। शनिबार दिउँसो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले इतिहास, मुद्दा, आन्दोलन र जादुयी नम्बर (संसदको अंकगणित)का कारण माओवादीलाई हटाउन सम्भव नभएको बताएका हुन्। ‘थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन। जादुवाला नम्बर छ। त्यो जादुले अनेक गरेर मिलाई हाल्छ। त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन,’ उनले भने, ‘मैले जे देखेको छु सबै परिस्थिति, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ। हामीलाई हटाउन सजिलो छैन।’ यद्यपि राजनीतिक दलसँग गरेको सम्झदारी इमान्दारितापूर्वक अपनाउने उनले बताए। ‘हामी इमान्दारपुर्वक नै भएका समझदारी कार्यान्वयन गर्नेछौं। त्यसकारण आजै केही हुन्छ कि, भोलि केही हुन्छ कि भन्ने बेकारको कुरा हो। त्यतापट्टी तपाईहरुले दिमाग लैजान पर्दैन। तपाईंहरु ढुक्कसँग आफनो काम गर्नुहोला,’कार्यकर्ताहरूलाई प्रधानमन्त्री प्रचण्डले भने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्