४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

Machchapuchchre

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले शुक्रबार थप ४० अर्ब तरलता प्रशोचन गर्ने भएको छ । बिहीबार निक्षेप सङ्कलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको राष्ट्र बैंकले लगतै दोस्रो दिन १४ दिनका लागि थप ४० अर्ब प्रशोचन गर्ने भएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत निरन्तर तरलता प्रशोचन गर्दै आएको छ ।  जेठ ३१ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कूल ६२ खर्ब ४२ अर्ब निक्षेप सङ्कलन गर्दै यता ५१ खर्ब ३३ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्