“कांग्रेसको विरोध औचित्यहीन ” : उपसभापति डा. वाग्ले

Machchapuchchre

Artharajniti   ~  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा कांग्रेसको विरोध औचित्यहीन भएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै वाग्लले संसद्‌मा कांग्रेसले गरिरहेको अवरोधलाई औचित्यहीन भएको बताएका हुन् । नेपाली कांग्रेसले सहकारीको विषयलाई उठाएर समाधानभन्दा पनि संसद्को ओझ, गरिमा असान्दर्भिक बनाउने कदममा गएको आरोप वाग्लेले लगाए । ‘६५ वर्ष अगाडि नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर, हामी सबैका प्रेरणा बीपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पुर्‍याउने लज्जास्पद र औचित्यहीन विरोधप्रति मेरो घोर खेद छ,’ वाग्लेले भने । कांग्रेस व्यक्ति केन्द्रित भएर खराब नजिर बनाउनेतिर लागेको वाग्लेले बताए । ‘समिति बनाउनको लागि सहमति भएको छ । समितिको टिओआरमा छलफल चलिरहेको छ । यस्तो अवस्थामा नेपाली कांग्रेसको औचित्यहीन कर्मकाण्डी विरोधको कुनै सान्दर्भिकता छैन,’ वाग्लेले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्