Artharajniti ~ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला सरकारी वकिल कार्यालय धनुषामा बयान गराइँदै छ । बयान पुरा भएपछि उनलाई म्याद थपका लागी अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी रञ्जन अवाले बताए । यसअघि अदालतले दिएको ३ दिनको म्याद सकिएको छ । शुक्रवार दोस्रोपटक म्याद लिइने डीएसपी अवाले जानकारी दिए । दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले मङ्गलवार काठमाडौँबाट पक्राउ गरेर सिरोहियालाई धनुषा जिल्ला अदालतमा उपस्थित गराएको थियो । सिरोहियाको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, शेरबहादुर केसी, रमन श्रेष्ठ, रमण कर्ण, अधिवक्ताहरू दीपेन्द्र झा, सिताराम भट्टराई र गोविन्द बन्दी जनकपुरमा छन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति