कांग्रेसले नाराबाजीका साथ गर्‍यो संसद् अवरुद्ध

Machchapuchchre

Artharajniti   ~  प्रतिपक्षीको नाराबाजीबीच सदनमा आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव पेस गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच आइतबार संशोधनमाथि छलफल भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठनको माग गर्दैै संसद् अवरुद्ध गरेको छ । आइतबार मध्यान्न १२ बजे बसेको प्रतिनिधि सभा बैठक कांग्रेसले नाराबाजी गर्दै वेल घेराउ गरेको हो । बैठकको सुरुमा आकस्मिक समयमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्न समय दिएपछि सभामुखले अर्थमन्त्री वर्षमान पुनलाई आर्थिक वर्ष २०८०–०८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा २०८१ पेश गर्न समय दिएपछि कांग्रेसले नारावाजी गर्दैै वेल घेराउ गरेको हो । नाराबाजीका बीच अर्थमन्त्रीले रोष्टममा बोलिरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्