मन्त्रिपरिषद् बैठक चार बजे बस्ने

Machchapuchchre

Artharajniti  ~  बिहीबार अपराह्न मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न चार बजे बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको सरकारका प्रवक्ता समेत रहेकी रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको सोमबार र बिहीबार बस्ने गर्दछ ।  मन्त्री शर्माका अनुसार बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ । यसैबिच आजको बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेर राष्ट्रपतिलाई सिफारिस गर्ने सम्भावना रहेको छ । जेठ १५ गते बजेट पेस गर्नुपर्ने भएकाले सरकार बजेट अधिवेशनको तयारीमा लागेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्