इलाम–२ मा सुहाङलाई निरन्तर अग्रता

Machchapuchchre

Artharajniti  ~  इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रता कायम गरेका छन् । उनले दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले भन्दा ३९६० मत बढी पाएका छन् । सुहाङले ११ हजार ६१९ मत पाउँदा डम्बरले ७ हजार ६५९ मत पाएका छन् । पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले कांग्रेससँगको मतान्तर घटाउँदै लगेका छन् । पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार उनले ७ हजार ४५२ मत पाएका छन् । उनले पाएको मत कांग्रेस उम्मेदवार खड्काको भन्दा २०७ मात्र कम हो । यसअघि सार्वजनिक मत परिणाममा खड्का र थेगिमको मतको अन्तर ४२३ थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले भने १ हजार ५९६, मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बुले २४६, एकीकृत समाजवादीका जीतबहादुर राईले २६१, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ६५ र राप्रपाका लक्ष्मी गुरुङले ५५ मत पाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्