समिति गठन नगरे संसद चल्न नदिने कांग्रेसको चेतावन

Machchapuchchre

Artharajniti  ~   नेपाली कांग्रेसले प्रतिनिधि सभाको अर्को बैठकअघि संसदीय छानबिन समिति गठन नगरे संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ। बुधवारको प्रतिनिधि सभाको बैठकको सुरुमै कांग्रेसका सांसदहरुले उठेर सभामुख देवराज घिमिरेको ध्यानकर्षण गराएका थिए। लगतै सभामुख देवराज घिमिरेले कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेलाई बोल्ने समय दिए। न्यौपानेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरिन। ‘हिजो(मंगलबार) बाहिर गएर उपप्रधानमन्त्रीले बोल्नुभयो – कांग्रेसले सदन चार वर्ष बन्द गरोस्। सरी चल्छ सत्ता? प्रतिपक्षीले सदन बन्द गर्दा सत्ता चल्छ?’ न्यौपानेले भनिन्, ‘उहाँ स्वर्गबाट आएको हो? हामी सबै यही जन्मिएको हैन? आउँदो सदनमा समिति गठन नभए संसद चल्न नदिने उनले चेतावनी दिइन्। ‘आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले होइन उहाँहरुले अबरोध गरिएको मानिने छ। उहाँहरुलाई सदन चाहिएको होइन रहेछ,’ न्यौपानेले भनिन्। प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीको विषयमा न्यायाधीशले झैं धारणा राखेकोसमेत उनले तर्क गरिन्। ‘प्रमाण छैन भनेर प्रधानमन्त्रीले भन्नुभयो। प्रधानमन्त्री न्यायाधीश जस्तो गरी बोल्नुभएको छ,’ न्यौपानेले भनिन्, ‘हामीसँग यथेष्ट प्रमाण छ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्