हालसम्म १० वाणिज्य बैंकको लाभांश घोषणा

Machchapuchchre

Artharajniti  ~  अहिलेसम्म १० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेकामध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज भएका बैंकहरुको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् । बुक क्लोज भइसकेका बैंकहरुमा माछापुच्छ्रे, एभरेस्ट, एनआईसी एसिया, सानिमा, सिटिजन्स, सिद्धार्थ र स्टान्डर्ड चार्टर्ड छन् । त्यस्तै ग्लोबल आईएमई बैंकको मंगलबार बुक क्लोज मिति तय भएको छ । मंगलबारसम्म सेयर खरिद गर्नेले यो कम्पनीको लाभांश पाउने छन् । लाभांश घोषणा गरिसकेका नबिल र नेपाल एसबीआई बैंकले भने अहिलेसम्म बुक क्लोजको मिति तय गरिसकेका छैनन् । यी बैंकको सेयर खरिद गर्नेहरु अहिले पनि घोषित लाभांश पाउनका लागि हकदार हुनेछन् । माछापुच्छ्रे बैंकले लाभांशस्वरुप प्रदान गरेको बोनस सेयर लगानीकर्ताले डिम्याट खातामा पाइसकेका छन् भने दोस्रो बजारमा सूचीकृत भइसकेको छ । नगद लाभांश घोषणा गरेका केही बैंकले सेयरधनीको बैंक खातामा लाभांश प्रदान गरिसकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्