जहाज खरिद प्रक्रिया छिट्टैअघि बढाउने वायु सेवा निगमको तयारी

Machchapuchchre

Artharajniti   ~  नेपाल वायु सेवा निगमले जहाजको उपलब्धतासँगै संस्थाको पुनर्संरचना पनि सँगसँगै अघि बढ्ने बताएको छ । निगमले जहाज खरिद गर्दा पुनर्संरचना नरोकिने प्रस्ट पारेको हो । आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि बढाएको निगमले संस्थाको पुनर्संरचना र जहाज खरिद प्रक्रिया फरक रहेकाले यी दुई कार्य एकअर्कालाई रोकेर गर्ने विषय नभएको स्पष्ट पारेको हो । निगमका प्रवक्ता रमेश पौडेलले जहान खरिद गर्न आवश्यक रहेको र पुनर्संरचनाको काम क्रमशः हुँदै जाने प्रतिक्रिया भएको बताए । उनले भने, “निगमले जहाज खरिद प्रक्रिया अघि बढाएपछि पुनर्संरचनाको कुरा उठेको छ । आर्थिक वर्ष २०८०र८१ को बजेटमै पुनर्संरचनाको व्यवस्था गरिए पनि अहिले निगमसँग दैनिक व्यवसाय सञ्चालन गर्न जहाज नरहेको अवस्थामा खरिद प्रक्रियालाई रोक्नु हुँदैन ।” उनले निगमले दुर्गम क्षेत्रमा उडाउने गरी तीन वटा ट्विनअटर जहाज किन्न बोलपत्र गरिसकेको र यसको आर्थिक स्रोत आफ्नै स्रोतबाट जोहो गरिने बताए  । उनले हरेक जहाज छ महिनाको अन्तरमा ल्याइने र सबै रकम एकमुस्ट तिर्नु नपर्ने भएकाले यसको खरिद प्रक्रियासमेत पारदर्शी हुने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्