तस्करीको सुन प्रकरणमा अझै केही व्यक्ति पक्राउ पर्न सक्छन् : सीआईबी

Machchapuchchre

Artharajniti ~ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो तस्करीको सुन प्रकरणमा अझै केही व्यक्ति पक्राउ पर्न सक्ने जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख किरण बज्राचार्यले तस्करीको सुन प्रकरणमा अझै अनुसन्धान पुरा नभइसकेकाले थप व्यक्तिहरू पक्राउ पर्न सक्ने बताइन् ।  ‘अनुसन्धान पुरा भैसकेको छैन । अझै थप व्यक्तिहरू पक्राउ पर्न सक्छन् र पूरक अनुसन्धान जानेछ’, उनले भनिन्,  ‘त्यसवेला जोकोही पनि अनुसन्धानको दायरामा आउने विश्वास गरेको छु ।’साउन २ गते राजश्व अनुसन्धान विभागले त्रिवि भन्सार कार्यालय अगाडि एक ट्याक्सीबाट बाहिरिँदै गरेको सुन बरामद गरेको थियो । सो सुन पहिला राजश्व र पछि सीआईबीले अनुसन्धान गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्