प्रतिजासुसी संयन्त्र बनाउन विधेयक राष्ट्रिय सभामा पेस

Machchapuchchre

काठमाडौँ । संदिग्ध र निगरानीमा रहेका व्यक्ति तथा संस्थाका वैयक्तिक विवरणमा गुप्तचर विभागको प्रत्यक्ष निगरानी हुनसक्ने प्रावधानसहितको ‘विशेष सेवासम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक’ सोमबार राष्ट्रिय सभामा पेस भएको छ ।

कांग्रेस सदस्यहरूको विरोधका बीच प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले विधेयक पेस गरेका थिए। कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले नागरिकका मौलिक हक कुण्ठित पार्ने भएकाले विधेयक फिर्ता लिनुपर्ने बताएका थिए।

तर उनले पेस गरेको विरोधको सूचना अस्वीकृत भयो। त्यसपछि अर्थमन्त्री खतिवडाले सदनमा विधेयक पेस गरेका थिए। अब राष्ट्रिय सभाको विधायन समितिमा यो विधेयकमाथि दफावार छलफल हुनेछ।

सभामा विधेयक पेस गर्दै अर्थमन्त्री खतिवडाले नागरिकका हकअधिकार संविधानमै सुनिश्चित भइसकेकाले शंका नगर्न आग्रह गरे। नेपालविरुद्ध हुनसक्ने जासुसी वा छिमेकी देशविरुद्ध नेपालमा बसेर हुनसक्ने गतिविधिको प्रतिजासुसी गर्न कानुन आवश्यक भएको उनको तर्क थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्