दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन, चौथो बनाउन ताकेता

Machchapuchchre

अर्थ राजनीति  ~   निर्माण सम्पन्न भएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा आउन सकेका छैनन् तर सांसदहरू भने चौथो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको भन्दै लबिङमा लागेका छन्। मङ्गलबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्। एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा विमानस्थलको कामलाई अगाडि नबढाएको भन्दै असन्तुष्टि जनाए । उनले अर्थमन्त्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्व नबुझेको जस्तो लागेको भन्दै उच्च प्राथमिकता दिन माग गरे। यता मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको एक वर्ष पूरा भएको छ। २०७९ जेठ २ गतेदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो। विमानस्थल २०७१ पुस ६ गते निर्माण सुरु भएर २०७४ पुसमा सक्ने गरी निर्माण योजना तय गरिएको थियो। निर्धारित समयभन्दा चार वर्षपछि सञ्चालनमा आएको थियो। दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाको एक हिस्साका रूपमा एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको यो विमानस्थल बौद्धमार्गी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको थियो। बौद्धमार्गी पर्यटकलाई लक्षित गरेर सञ्चालनमा आएको विमानस्थल हाल अन्तर्राष्ट्रिय उडानविहीन छ। तेस्तै हबिगत  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि छ । हाल सम्म कुनै पनि अन्तर्राष्ट्रिय बायुसेवा कम्पनीले नियमित संचालन गर्ने अनुरोध पठाएका छैनन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्